यूनाइटेडको रक्तदानमा ८५ यूनिट रगत संकलन

पाेखरा | बैशाख ६, २०८१

यूनाइटेडको रक्तदानमा ८५ यूनिट रगत संकलन

पोखरा:     यूनाइटेड क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा ८५ यूनिट रगत संकलन भएको छ । क्लबले १४ औं वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहब्यापी कार्यक्रम अन्तर्गत पांचौ दिन आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ८५ जनाले रक्तदान गरेका हुन ।


सो कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्बर १० का अध्यक्ष राजेश गुरुङले यूनाइटेड क्लबले पोखरा १० मा स्थापना भएतापनि सामाजिक काम मार्फत पोखरा बाहिर समेत पुगेर सहयोग गरेकोमा धन्यवाद ब्यक्त गरे । जाजरकोटको भुकम्प देखि पूर्व र पश्चिममा विपदमा परेकाहरुलाई यूनाइटेड क्लबले सहयोग गरेको वताउदै यूनाइटेडको हरेक अभियानम आफ्नो साथ र सहयोग रहने उनको भनाइ रहेको थियो ।


त्यस्तै रक्तसञ्चार केन्द्र पोखराका वरिष्ठ प्राविधिक महेन्द्र केसीले हरेक तीन महिनामा रक्तदान गर्न सके शरिर स्वस्थ बन्ने बताए । रक्तदानले अर्काको जीवन बचाउने मात्र नभइ आफुलाई समेत स्वस्थ बनाउन सहयोग पुग्ने उनको भनाइ रहेको थियो । 


त्यस्तै क्लबका कार्यसमिति सदस्य तथा रक्तदान कार्यक्रमका संयोजक जयराम आचार्यले यूनाइटेड क्लबले हरेक वार्षिकोत्सवको अवसरमा रगतको अभावलाई मध्येनजर गरी रक्तदान कार्यक्रमको आयोजना गर्दै आइरहेको र यो पटक पनि रक्तदान कार्यक्रमको आयोजना गरी रक्त अभावलाई कमी गर्ने अभियानलाई निरन्तरता दिएको बताए ।


रक्तदान कार्यक्रममा ब्राभो ट्रनिङ सेन्टर, टास्क फोर्स ट्रेनिङ सेन्टर, एबीसी ड्राइभिङ, पिसपोखरा ड्राइभिङ, स्थानिय र क्लबका पदाधिकारी, कार्यसमिति सदस्य, आजीवन सदस्य, सल्लाहकार लगायतले रक्तदान गरेका थिए । 

पोखरामा जारी २५ औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा बुधबार भएको खेलमा जावलाखेल युवा क्लब विजयी भएको छ ।   पोखरा रंगशालामा भएको प्रिक्वाटरफाइनलमा जावलाखेलले मछिन्द्र फुटबल क्लबलाई २–० गोल...

थप पढ्नुहोस्

पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा सेमिफाइनल समिकरण पूरा भएको छ ।   बुद्धटोल युवा क्लबको आयोजनामा जारी प्रतिय...

थप पढ्नुहोस्

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नीति, पद्धति, प्रविधि र प्रवृत्तिगत सुधारका प्रयासलाई  प्रभावकारी बनाएर अनुशासन र सदाचार प्रणालीको विकास गर्नु आजको आवश्यकता रहेको बताउनुभएको छ ।   अख्तियार द...

थप पढ्नुहोस्